नेकपा एसका अध्यक्ष नेपाल डिस्चार्ज

तामसालिङ खबर
१८ आश्विन २०७८, सोमबार ११:४०

असोज, काठमाडौँ – नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ज्वरो र खोकीको समस्याका कारण असोज १३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा भर्ना भएका नेपाल सोमबार बिहान डिस्चार्ज भएका हुन् । नेता नेपालको नीजि सचिवालयका अनुसार उनलाई केही समय घरमै आराम गर्न डाक्‍टरले सल्लाह दिएका छन् ।

स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने उनको नीजि सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*