दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन थाल्ने

तामसालिङ खबर
१७ आश्विन २०७८, आईतवार १४:४४

असोज, काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताए ।

आइतवार कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए ।

दसैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराउदै जाने उनले बताए । फाइजर र मोर्डना बालबच्चाको लागि लगाउन उपयुक्त खोप भएको पनि बताए ।

क्रमिक रुपमा देशभरी नै खोप लगाइने समेत जानकारी गराए । कार्यक्रमकाबीच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*