क्याम्पाडाडाको नागदहमा वृक्षरोपण

तामसालिङ खबर
१७ आश्विन २०७८, आईतवार १६:०१

असोज, हेटौडा – रेडियो बुलेटिन ८९.७ मेघाहर्जले आइतवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाडा नागदहमा वृक्षरोपण गरेको छ ।

हेटौडा ५ मा रहेको संयुक्त युवा क्लब र रेडियो बुलेटिनको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो । रेडियो बुलेटिनका अनुसार आँप, बाँस, तेजपात, अर्जुन, कटहर, लिचि, मसला लगायतका बिभिन्न प्रजातीका १५०० वटा बिरुवा रोपिएको हो ।

वृक्षरोपण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सार्वजनिक खाली जग्गामा वृक्षरोपण गर्दै सार्वजनिक जग्गा संरक्षण गर्न सक्नुपर्ने बताए । उनले जनहितका कार्य गर्नका लागि आफूहरु लागिपर्ने प्रतिबद्ता व्यक्त गरे ।

यस्तै, प्रदेश प्रहरी कार्यालय हेटौंडाका डिआईजी प्रकाशजंग कार्कीले आफूहरुको ६६ औं स्थापनाको अवसरमा रेडियोसँग मिलेर यसरी वृक्षरोपण गर्न पाउनु सुखद संयोग रहेको बताउदै आगामी दिनमा पनि नेपाल प्रहरी जनहितका काममा अझै शसक्त भएर लाग्ने प्रतिबद्दता व्यक्त गरे ।

क्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि सोमेन्द्रसिंह राठौर, पूरानो गोरखगण सुपारेटारका उपसेनानी मनोज पन्त, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घनारायण कोइराला, डिभिजन वन कार्यालय मकवानपुरका बसन्तराज गौतम, नारायणी अंचल आयुर्वेद औषधालयका प्रमुख डा. सृष्टि श्रेष्ठ, बनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुरमण पराजुली, यातायात सेवा कार्यालय हेटौंडाका भक्त भण्डारी, उद्योग वाणीज्य मकवानपुरका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, पूरानो नारायणी यातायात कम्पनी प्रालिका प्रबन्ध संचालक सरोज खनाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, सार्वजनिक यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र कार्की, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने लगायतको उपस्थिती थियो ।

रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातीको अध्यक्षतामा आयोजित वृक्षरोण कार्यक्रमको स्वागत मन्तव्य हेटौंडा ५ को संयुक्त युवा क्लबका अध्यक्ष विशालराज महतले गरेका थिए ।

यस अघि पनि रेडियो बुलेटिनेले हेटौडा ११ सिमलटारमा ७ हजार बिरुवा रोपेको थियो भने रेडियो बुलेटिनेले बिभिन्न सार्वजनिक सरोकारका बिषयमाथी बहस तथा अन्तरक्रियाहरु सञ्चालन गर्दै सर्वसाधरण जनताको प्रत्यक्ष चासो र महत्वका विषयहरुको उठान गर्दै आइरहेको रेडियोका समाचार प्रमुख मसान उपासकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*