उत्पीडित जातिको उत्थानको लागि माओवादीले मुक्तिमोर्चा बनाएको हो – इन्चार्ज मोक्तान

बाबु थिङको नेतृत्वमा तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चा मनहरी गठन
ताम्सालिङ खबर
१४ आश्विन २०७८, बिहीबार ०८:४०

असोज, हेटौडा (मनहरी) –  वर्गीय मुक्तिसंगै जातिय मुक्तिको आबश्यक ठानेर पार्टीले उत्पीडित जातिको लागि मुक्ति मोर्चा बनाएको नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले बताउनु भयो ।

बुधबार एकीकृत तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चा मनहरी गाउँपालिकामा आयोजित प्रथम सम्मलेनमा बोल्नु हुँदै इन्चार्ज मोक्तानले ब्राह्मणवादी सोच चिन्तन बाहुन भएर होइन, मार्क्सवादी भएर प्रचण्डलाई सहयोग गरेको हो ।

समानुपातिक ब्यबस्था ठिक छैन भन्दैछन्, एमाले कांग्रेसले जनजाती दलित समुदाय राज्यको मुलधारमा आएको पटकै मन परेको छैन । व्यवस्था उत्पीडित समुदायको लागि आएको हो तर हिजोकै सामान्तीहरुको हालीमुहाली भएको उहाँले बताउनु भयो ।

नेकपा माओवादी केन्द्र निकट एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा मनहरी गाउँपालिका कमिटिको प्रथम सम्मेलनबाट बाबुराम थिङ्ग (बाबु) को अध्यक्षतामा ४१ सदस्यीय मनहरी गाउँपालिका कमिटि गठन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा हिरालाल पाख्रिन, जयराम मुक्तान, बलिराज गोङ्बा, सचिबमा प्रेमबहादुर मुक्तान, सह-सचिवमा शिव चन्द्र गोले, र कोषाध्यक्षमा बिनिता पाख्रिन लगायतको चयन भएका छन् ।

माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको गाउ सम्मेलनमा सम्मेलन संयोजक बाबु थिङ्गको समध्यक्षतामा भएको हो।

सम्मलेनमा बागमति प्रदेश कमिटिका सदस्य ओमबहादुर ग्लान, बिरबहादुर घलान (ज्वाला), मनहरी इन्चार्ज राजकुमार पाख्रिन, राक्सिराङ्ग इन्चार्ज बनस्तम थिङ, पार्टीका जिल्ला सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य लिलाकुमार घलान, पार्टीका जिल्ला सदस्य हिरालाल स्याङ्गतान, बिशाल लामा तितुङ्ग, मनहरी गाउपालिका कमिटि अध्यक्ष रामप्रसाद कालाखेती, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला सल्लाहकार खुशीलाल मोक्तान, बुद्धरत्न तितुङ्ग, वाइसियल केन्द्रिय सदस्य अनिता स्याङ्गबो लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*