माओवादी केन्द्र मनहरी २ को वडा कमिटीको अध्यक्षमा स्याङ्बो, अनेम संघ (क्रान्तिकारी) मा डिम्डुङ चयन

ताम्सालिङ खबर
१३ आश्विन २०७८, बुधबार १०:०९

असोज, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर २ मा वडा कमिटि भेला सम्पन्न भएको छ । मंगलबार भएको भेलाले राजकुमार स्याङ्बोको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको हो ।

कमिटिको उपाध्यक्षमा राजेन्द्र पाख्रिन, सचिवमा समिर डिम्डुङ, कोषाध्यक्षमा विष्णुकुमारी जिम्बा र सह-सचिबमा सुनिता स्याङ्तान लगायतका चयन भएका छन् ।

त्यस्तै, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा कमिटिमा अध्यक्षमा मनमाया डिम्डुङलाई चयन गरेको छ । डिम्डुङको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको मनहरी गाउँपालिका इन्चार्ज पाख्रिनले जानकारी दिए ।

नेकपा माआवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा भएको भेला वडा कमिटीका अध्यक्ष राज कुमार स्याङ्बो अध्यक्षतामा भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान, वीरबहादुर घलान (ज्वाला), जिल्ला सचिवालय सदस्य आनन्द घलान, वडा नम्बर – २ का इन्चार्ज चन्द्रबहादुर स्याङतान लगायतको नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*