हेटौंडा अस्पतालमा शनिबार नि:शुल्क मुटुरोग शिविर संचालन हुदै

तामसालिङ खबर
१३ आश्विन २०७८, बुधबार ०८:४५

असोज, हेटौंडा – हेटौडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा मुटुरोग स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर संचालन हुने भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा नि:शुल्क शिविर संचालन हुने भएको हो । असोज १६ गते बिहान ८ बजे देखी शिविर सुरु हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईले जानकारी दिए ।

शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञबाट शिविर संचालन हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*