माओवादी केन्द्र भीमफेदी ९ वडा कमिटिमा गोलेको नेतृत्व

तामसालिङ खबर
१२ आश्विन २०७८, मंगलवार १९:०१

असोज, हेटौडा (भीमफेदी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भिमफेदी ९ नम्बर वडा कमिटि भेला मंगलबार भएको छ ।

भेलाले मिलन गोलेको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । बिकास मुक्तानको अध्यक्षतामा २५ सदस्यीय वाइसिएल वडा कमिटि गठन गरिएको हो ।

मकवानपुर जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कुमारी माेक्तानको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला सचिवालय सदस्य तथा भिमफेदी गाउपालिका इन्चार्ज बद्रीबहादुर स्याङ्तान, जिल्ला सदस्य आत्माराम मुक्तान, रन्जित कुमार राना, अप्सरा लोप्चन, प्रीतिलाल लामा, मदन बर्तौला, गाउपालिका कमिटि अध्यक्ष दिपक गोले, सदस्य सिताराम रुम्बा, वाइसिएल भिमफेदी अध्यक्ष बुद्धिमान बज्यु, सह-सचिब दिपक आले लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसै, भेलामा विभिन्न पार्टी परित्याग गरी ४० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरिएको भीमफेदी गाउपालिका इन्चार्ज बद्रीबहादुर स्याङ्तानले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*