नेपालमा थप १ हजार १ सय ५८ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
१२ आश्विन २०७८, मंगलवार १७:४०

असोज, काठमाण्डौ – नेपालमा आज थप १ हजार १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ३ जनामा कोरोना परीक्षण गर्दा १ हजार १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ३ सय १८ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोना जित्ने ९६.३ प्रतिशत पुगेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाको कारण ११ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*