बिरोध खतिवडाको नेतृत्वमा नेकपा एस सरकारमा जाने

ताम्सालिङ खबर
१२ आश्विन २०७८, मंगलवार १२:२८

असोज, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । एकीकृत समाजवादीले खतिवडाको नेतृत्वमा गठबन्धन सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेको स्रोतले जनाएको छ । उनले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।

नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठ मध्ये एकलाई पठाउने तयारी छ । कांग्रेसले प्रधानमन्त्री सहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ । तर, कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो नलागेको ती नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*