मकवानपुरगढीका महिलालाई पोषण आहार वितरण

तामसालिङ खबर
१० आश्विन २०७८, आईतवार ०८:४४

असोज, हेटौडा (मकवानपुर गढी) – सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ मकवानपुर हेडम्बाले पोशिलो आहार वितरण गरेको छ ।

एक कार्यक्रमको आयोजना गरि मकवानपुरगढी गाउँँपालिका वडा नम्बर ४ सयपत्रीका पिछडीएको क्षेत्रका गर्भवती महिलाहरुलाई पोशिलो आहार वितरण गरेका कार्यक्रम संयोजक लायन रबिन ढकालले बताउनु भयो ।

वडा नं.४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिनाको प्रमुख आथित्यता र लायन्स क्लव इन्टरनेष्नल ३२५ बि २ नेपालका यरिया २ का रिजन चेयर पर्सन लायन जेपि यादवको विशिष्ट अथित्यतामा सो पोशिलो आहार वितरण गरेको हो ।

संस्थाका अध्यक्ष रमिला घलानले गर्भमा र जन्मिएपछि बच्चा र आमाले पोषिलो खाना नपाउँदा मानसिक रुपमा कमजोर बच्चा जन्मिँदै आएकाले यस्तो कार्यक्रम आयोजना गरेको बताउनु भयो । आउँदा दिनमा विभिन्न जनचेताना देखि सहयोगका कार्यक्र संचालन गर्दै जाने उहाँको भनाई रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*