यी हुन्, एकीकृत समाजवादी मकवानपुरका पालिका इन्चार्ज

तामसालिङ खबर
१२ आश्विन २०७८, मंगलवार ०७:२६

असोज, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको बैठकबाट मकवानपुरका १० वटै पालिकाको इन्चार्ज, सचिवालयका सदस्य, प्रचार विभाग प्रमुख तथा आर्थिक विभाग प्रमुख तोकेको छ ।

बैठकले एस मकवानपुरकी उपाध्यक्ष मिना कुमारीलाई हेटौंडा उपमहानगरको इन्चार्जको जिम्मेवारी तोकेको छ ।

यस्तै, थाहा नगरमा ईश्वर रुम्बा मनहरी इन्चार्जमा भूमिनन्द अर्याल, भीमफेदी इन्चार्जमा शिवहरि बतौला, बागमती इन्चार्जमा खड्गबहादुर पुलामी, बकैया इन्चार्जमा नारायण तिमल्सिना, मकवानपुरगढी इन्चार्जमा राजन दाहाल, ईन्द्रसरोबर इन्चार्जमा जीवन लामा, कैलाशमा कालु ढकाल र राक्सिराङ गाउँपालिका इन्चार्जमा कृष्ण चेपाङलाई चयन गरिएको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनु भयो ।

यस्तै गरि, नेकपा (एस) मकवानपुरको प्रचार विभाग प्रमुखमा रामकुमार एलन र आर्थिक विभाग प्रमुखमा टीपी रुपाखेतीलाई सर्व-सम्मतरुपमा चयन गर्दै जिम्मेवारी प्रदान गरिएको छ । बैठकबाट ४९ सदस्यीय सचिवालय समिति गठन भएको छ ।

सचिवालय सदस्यमा जिल्ला कमिटीका अध्यक्ष पोखरेल, उपाध्यक्ष लामा, सचिव विष्णु दाहाल, उपसचिव जीवन लामा, कार्यालय सचिव तिलक अधिकारी, पालिका इन्चार्जहरु, विभाग प्रमुखहरु सहित माधव तिमल्सिना, मनिला विष्ट, रघु आचार्य लगायत रहेका छन् ।

बैठकले जिल्लाभर साधारण सदस्यता वितरण गर्ने, सांगठनिक सदस्यता अध्यावधिक गर्ने, असोज १९ गते सम्ममा मकवानपुर जिल्लाका सबै वडाहरुमा वडा कमिटी विस्तार गरिसक्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए । असोज २५ गते जिल्ला कमिटीको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*