आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउँछौं – मोक्तान

ताम्सालिङ खबर
१० आश्विन २०७८, आईतवार ०६:५१

असोज, हेटौडा – नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताएकी छन् । शनिबार उक्त पार्टीको हेटौंडा–१९ नम्बर वडा कमिटीको सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

यसअघि प्राप्त जनताका अधिकार, उपलब्धीहरु हटाउन खोज्नेहरुलाई आगामी निर्वाचनबाट जनताले हराउने उनले उल्लेख गरिन् । देश हाल माओवादीको एजेण्डामा अघि बढिरहेको उल्लेख गर्दै मोक्तानले जसको मुद्धा उसैको नेतृत्व हुँदा मात्र प्राप्त उपलब्धीको रक्षा एवम् संस्थागत हुने यथार्थ जनताले बझिसकेकाले अब माओवादी केन्द्र पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएकी छन् ।

आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम, दलित, पिछडिएका समुदायको अधिकारकालागि १० वर्षे जनयुद्ध लडेको पार्टी भएका कारण प्राप्त अधिकारको रक्षा र संस्थागत पनि माओवादी केन्द्रले नै गरेको हेर्न जनताले चाहेको उनले जिकिर गरिन् ।

सम्मेलनबाट लोक लामा (मुक्तान) को नेतृत्वमा ३५ सदस्यीय माआवादी केन्द्र हेटौंडा-१९ नम्बर वडा कमिटि चयन भएको छ । उपाध्यक्षमा पुर्णबहादुर घलान, टेकबहादुर थिङ, कोषाध्यक्ष राजकुमार सिन्तान, सचिव नारायण मुक्तान सहसचिव गोपीमाया अधिकारी चयन भएका छन् ।

यस्तै, मदन उप्रेतीको नेतृत्वमा ५१ सदस्यीय हेटौंडा-१९ वाइसीएल वडा कमिटि चयन भएको छ । यसैगरी, सरस्वती पहरीको नेतृत्वमा २१ सदस्यीय हेटौंडा-१९ अनेम संघ (क्रान्तिकारी) वडा कमिटि चयन भएको छ ।

कार्यक्रममा बागमती प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, ललित घलान, जिल्ला सदस्य पूर्ण वाईबा, प्रकाश थोकर, नगर इन्चार्ज विवेक राई, नगर अध्यक्ष तिर्थबहादुर थापा मगर, अनेम संघ (क्रान्तिकारी) की नगर अध्यक्ष नमुना पाण्डे, वाइसीएल जिल्ला संयोजक राजकुमार मोक्तान, वाइसीएल पूर्व जिल्ला सचिव लवराज ठकुरी लगायतको नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*