पार्टीलाई उत्कृष्ट बनाउन वडा कमिटिको महत्वपुर्ण भूमिका रहने – ज्वाला

ताम्सालिङ खबर
१० आश्विन २०७८, आईतवार ०६:१६

असोज, हेटौडा (राक्सीराङ) – पार्टीलाई देशकै ठुलो बनाउन दल बनाउन वडा कमिटिको महत्वपुर्ण भूमिका रहेकोले सबै एक जुट भई अघि बढ्न प्रदेश कमिटि सदस्य बीरबहादुर घलान (ज्वाला)ले निर्देशन दिनु भयो।

नेकपामाओवादी केन्द्र राक्सीराङ गाउँपालिका वडा नम्बर ४ को वडा भेलालाई सम्बोधन गर्नु हुदै उहाँले गाउँ-गाउँमा पार्टी संगठन निर्माणको क्रममा कसैले अप्ठ्यारो बनाएको खण्डमा प्रदेश कमिटि सदस्य साथमै रहेकोले स्वतस्फुर्त ढंगले अघि बढ्न आग्रह गर्नुभयो।

भेलाले कुमार सिं बल (सन्दिप) को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ । उपाध्यक्षमा शरद थिङ, सचिवमा राजेन्द्र बल, कोषाध्यक्ष बिना थिङ, र सह-सचिवमा बुद्धिमान बल लगायत चयन भएका छन् ।

पार्टीको प्रदेश कमिटि सदस्य बीरबहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यतामा भएको वडा भेलामा पार्टीको जिल्ला समन्वय समितिका सचिबालय सदस्य तथा राक्सीराङ इन्चार्ज बनस्तम थिङ्ग, गाउपालिका कमिटि अध्यक्ष हस्तबहादुर मोक्तान, ४ नम्बर वडा इन्चार्ज भिमलाल थिङ्ग, विश्वराज थिङ्ग लगायतका नेताहरुको आतिथ्यता रहेको    थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*