युवा संघ नेपाल हेटौँडा १२ मा महेश भट्टराई र १३ मा सिन्धु थोकर चयन

ताम्सालिङ खबर
९ आश्विन २०७८, शनिबार २१:०९

असोज, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगर पालिका वडा नम्बर १२ को वडा भेला सम्पन्न भएको छ । शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि वडा भेला सम्पन्न गरेको हो ।

भेलाले महेश भट्टराईको अध्यक्षमा ५३ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम लाल डिम्डुङ, सचिव अजय थिङ, सह-सचिव करण गोले र कोषाध्यक्ष प्रविण लामा चयन भएका छनध्र । कमिटिको सस्दयहरु राम चन्द्र दंगाल,अमृत थिङ, चन्द्र बहादुर घले,माधव घलान,मानव तिमल्सिना,युवाराज पौडेल,रविन्द्र घलान,रमेश थिङ,विजय थिङ,बुद्धि दंगाल लगायत रहेका छन ।

त्यस्तै, युवा संघ नेपाल हेटौँडा १३ को समेत वडा कमिटि गठन भएको छ । सिन्धु थोकरको अध्यक्षतामा ८७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बुद्ध गोले, सचिव सुनिल पौडेल, सहसचिव सुजित मोक्तान, कोषाध्यक्ष प्रमिला न्यौपाने, सह-कोषाध्यक्ष किशुन वाइवा चयन भएका छनध्र । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व सांसद तथा सविधान सभा सदस्य अनन्त पौडेल लगायतका पार्टीका नेता तथा कार्याकर्ताहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*