आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि वाइसीएल जाग्नुपर्ने – मोक्तान

ताम्सालिङ खबर
९ आश्विन २०७८, शनिबार ०७:२३

असोज, हेटौडा – नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले विभिन्न आन्दोलनबाट प्राप्त जनताको अधिकार रक्षाका लागि अव वाइसीएल सकृय रुपमा जाग्नुपर्ने बताएकी छन् ।

शुक्रबार पार्टी सम्वद्ध सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को हेटौंडा उपमहानगर कमिटिको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । हाल जनताको आन्दोलनबाट प्राप्त जनअधिकारलाई अनेकन बाहानामा कमजोर बनाउने षडयन्त्र भइरहेको भन्दै यसका लागि वाइसीएल जाग्नुपर्ने उनले बताइन् ।

यस्तै, परिवर्तनको वाहक शक्ति युवाहरु भएकाले छरिएर रहेका युवाहरुलाई संगठित गराउनुपर्ने, विभिन्न सामाजिक जनसेवाका कामहरुमा वाइसीएल टिम लाग्नुपर्ने उनले उल्लेख गरिन् ।

भेलाले विरबहादुर गोले (सानो) को संयोजकत्वमा १०१ सदस्यीय वाइसीएल हेटौंडा उपमहानगर सम्मेलन आयोजक कमिटि गठन गरिएको माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए । कमिटिको सदस्यहरुमा ओम पुडासैनी, राजकुमार घिमिरे, संगम राई, भोजराज पराजुली, शम्भु लामा, सरोज गुरुङ लगायतका रहेका छन् ।

भेलाबाट आगामी कात्तिक १३ गते नगर सम्मेलन गर्ने घोषणा गरिएको छ । भेलामा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश कमिटि सदस्य ललित घलान, नगर इन्चार्ज विवेक राई, वाइसीएल केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन, संयोजक राजकुमार मोक्तान, बागमती प्रदेश सदस्य जगदीश दाहाल, शोभा घिमिरे, नगर पार्टी कमिटि अध्यक्ष तिर्थ थापा मगर, हेटौंडा-४ नम्बर पार्टी वडा कमिटि इन्चार्ज लवराज ठकुरी, पार्टी १२ नम्बर वडा इन्चार्ज भुवन खनाल, १३ नम्बर वडा कमिटि इन्चार्ज तारादेवी मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*