मकवानपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
८ आश्विन २०७८, शुक्रबार १६:१५

असोज, हेटौडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, शुक्रबार संक्रमण पुष्टि हुने ९ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यस संगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १ सय ९२ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ७ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४ जना, थाहानगरपालिकाका एक जना र मनहरी गाउँपालिकाका २ जना रहेका छन् ।

यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि, १ हजार ८ सय ३० जना संक्रमणमुक्त र ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*