पुसबाट बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाउने

तामसालिङ खबर
८ आश्विन २०७८, शुक्रबार ०७:१८

असोज, काठमाडौं – आगामी पुसबाट बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाउने भएको छ । त्यसका लागि सरकारी तर्फबाट तयारी तिब्र रुपमा भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले भने,‘गाभिमार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउन प्रक्रिया टुंगिसकेको छ । फाइजरको ६० लाख मात्रा खोप सन्दर्भमा प्रक्रिया अन्तिम स्टेजमा पुगेको छ । डिसेम्बर वा जनवरिबाट खोप लगाइन्छ ।’

यसअघि औषधि व्यवस्था विभागले फाइजर खोप आयातका लागि अनुमति दिइसकेको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*