मनहरी ४ मा एकै वडामा तीन वटा कमिटि गठन

तामसालिङ खबर
६ आश्विन २०७८, बुधबार २०:३४

असोज, हेटौडा (मनहरी) – मकवानपुरको मनहरीमा नेकपा माओबादी केन्द्रले तिब्र रुपमा संगठन बिस्तार गरिरहेको छ । यसै क्रममा बुधबार मनहरी-४ नयाँ बस्तिमा एक बृहत कार्यक्रमको आयोजना गरि विभिन्न कमिटी गठन गरिएको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा श्रीकृष्ण ढकालको अध्यक्षतामा २९ सदस्यीय ४ नम्बर वडा कमिटि गठन गरिएको छ ।

त्यस्तै, प्रभात गोतामेको अध्यक्षतामा २७ सदस्यीय वाइसिएल वडा कमिटि गठन गरिएको छ । स्वातिका मुक्तानको अध्यक्षतामा २७ सदस्यीय अखिल नेपाल महिला क्रान्तिकारी वडा कमिटि गठन गरिएको छ ।

कमिटी गठन कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान, माओबादी केन्द्र बागमति प्रदेश सदस्य बिर बहादुर घलान (ज्वाला), माओबादी केन्द्र मनहरीका अध्यक्ष रामप्रसाद कालाखेति,अखिल नेपाल महिला क्रान्तिकारी मनहरीका अध्यक्ष बिमला ग्लान, वाइसिएल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री), नेता ध्रुब खड्का तथा पार्टीमा आबद्ध बिभिन्न ब्यक्तिहरुको उपस्थीती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*