हेटौंडा नगर सचिव पदमा न्यौपानेद्वारा उम्मेदवारी घोषणा
असोज, हेटौडा – नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
हेटौंडा–१ का वडा अध्यक्षसमेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । कांग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको न्यौपानेले बताएका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नं १ मा लोकप्रिय मतका साथ अध्यक्ष निर्वाचित भएका उनले बागमती प्रदेशको राजधानी र मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा कांग्रेस सक्षम भए जिल्लामै पार्टी मकवानपुरनै बलियो हुने भन्दै त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
‘हेटौंडा उपमहानगरमा कांग्रेसलाई सबल र सक्षम बनाउन, पार्टीमा युवा सहभागितालाई दरिलो बनाउन, पार्टीलाई संस्थागतरुपमा विकास गर्न, प्रशिक्षणको माध्यमबाट पार्टी संगठनलाई चुस्तदुरुस्त पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा कांग्रेसका उमेदवारहरु जित्ने सांगठनिक आधार तयार गर्न मेरो उम्मेवारी हो ।’,उनले बताए।