माओवादी केन्द्र मनहरी ५ वडा कमिटीमा सापकोटाको नेतृत्व

ताम्सालिङ खबर
५ आश्विन २०७८, मंगलवार २०:२४

असोज, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित वडा कमिटी गठन भएको छ। डिल्लिपुरमा मंगलबार भएको वडा कमिटीको भेलाले गोबिन्द सापकोटाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो।

कमिटीको उपाध्यक्षमा सुब्बा प्रसाद सिलवाल, सचिवमा कान्छाराम मुक्तान, कोषाध्यक्षमा शारदा सुबेदी र सह-सचिबमा कुमार सुबेदी सर्बसम्मत चयन गरिएको छ । पार्टीको केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको भेला वडा कमिटी अध्यक्ष कृष्णप्रसाद रिजालको सभाध्यक्षतामा भएको हो।

त्यस्तै, सदस्यहरुमा श्यामबहादुर घलान, हिरालाल पाख्रिन, चन्द्रबहादुर रुम्बा, लिलाबहादुर रुम्बा, कृष्ण प्रसाद लामिछाने, कुमार राना, सन्तबहादुर वाइबा, रिता रुम्बा, मिठु रिजाल, मोहन दर्लामी, अशोक स्याङ्गतान, जीवन बिष्ट, सुनमाया थिङ्ग, बद्रि प्रसाद रिजाल, चन्द्रबहादुर राई, भारत मुक्तान, केदार खडका क्षेत्री, मोतिकुमार ढुंगाना, हिरा राना, संजित परियार, बिवा घलान, कृष्णप्रसाद रिजाल, निर्मल थापा र चन्द्रमाया वाइबा लगायत चयन भएका छन्।

भेलामा माओवादी केन्द्र बागमति प्रदेशका सदस्य बिरबहादुर घलान (ज्वाला), मनहरी ईन्चार्ज राजकुमार पाख्रीन, गाउपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, गाउ कमिटी सदस्य केशब सुबेदी, दिल बहादुर स्याङ्तान, बाबू थिङ, वाइसिएल मनहरीका अध्यक्ष कृष्ण रुम्बा(झाँक्री) लगातका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*