सत्ताबाट बहिर्गमनपछि ओलीको अराजक गतिविधि विरुद्ध विद्रोह गर्न आवश्यक रहेको – इन्चार्ज मोक्तान

प्रचण्डकै कारण देशमा एमसीसी रोकिएको हो
ताम्सालिङ खबर
५ आश्विन २०७८, मंगलवार २२:१२

असोज, हेटौडा (मनहरी) – नेकपा माओवादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले अध्यक्ष प्रचण्डकै कारण देशमा एमसीसी रोकिराखेको र भविष्यमा पनि एमसीसी पास गर्न नदिने बताए ।

सत्ताबाट बहिर्गमन पछि एमाले अध्यक्ष ओलीले नौटंकी गरि ठुलो-ठुलो स्वरमा प्रचण्डको सिको गरि सस्तो लोकप्रियता पाउनका लागि एमसिसि बिरुद्ध प्रचण्डसंग हाते मालो गर्न खोजिरहेको बताए ।

ओलिको अराजक गतिविधिका विरुद्ध पार्टीबाट विद्रोह गर्न आवश्यक रहेको सम्पुर्ण जनतालाई एकजुट हुनु पर्ने बेला आएको मंगलबार मनहरी गाउँपालिका वडा नम्बर-५ मा आयोजित वडा कमिटीको भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथी समेत रहनुभएकी मोक्तानले उक्त कुरा बताउनुभएको हो । डिल्लीपुरमा मंगलबार भएको वडा कमिटिको भेलाले गोबिन्द सापकोटाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

माओवादी केन्द्र मनहरी-५ वडा कमिटी भेला आयोजक अध्यक्ष कृष्णप्रसाद रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र बागमति प्रदेशका सदस्य बिरबहादुर घलान (ज्वाला), मनहरी ईन्चार्ज राजकुमार पाख्रीन, गाउपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, गाउ कमिटी सदस्य केशब सुबेदी, दिल बहादुर स्याङ्तान, बाबू थिङ, वाइसिएल मनहरीका अध्यक्ष कृष्ण रुम्बा(झाँक्री) लगातका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*