कैलाश ७ को वाइसिएलमा उमेश प्रजाको नेतृत्व

तामसालिङ खबर
४ आश्विन २०७८, सोमबार १०:०९

असोज, हेटौडा (कैलाश) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) कैलाश गाउँपालिका वडा नम्बर ७ को भेला आइतबार भएको छ । भेलाले उमेश प्रजाको अध्यक्षतामा २१ सदस्यीय वाइसिएल वडा कमिटि गठन गरिएको छ ।

कमिटिको सचिवमा बुद्धिमान गलान, सदस्यहरु जगतबहादुर स्याङ्तान, दिपक सिं स्याङ्तान, बुद्ध सिं चेपाङ, सिङ्गबहादुर चेपाङ ,रामकुमार चेपाङ, श्रीकृष्ण चेपाङ, पुष्कर चेपाङ, कृष्णबहादुर चेपाङ, सिताराम चेपाङ, हरिबहादुर चेपाङ, जबर सिं चेपाङ, सन्चबहादुर चेपाङ, बुद्धिबहादुर चेपाङ, लालबहादुर चेपाङ, प्रस्तान चेपाङ, मीनराज चेपाङ, ज्योतीमाया चेपाङ र गंगामाया चेपाङ लगायत चयन भएका छन् ।

त्यस्तै, पार्टीको ७ नम्बर वडामा टोल कमिटि बिस्तारको लागि पाँच वटा टोल कमिटी संयोजक समेत चयन गरेको छ । टोल कमिटिको संयोजकमा अनिश चेपाङ, फुलबहादुर चेपाङ, बुद्धिमान मोक्तान, प्रदिप चेपाङ, सानोकान्छा प्रजालाई तोकेको छ ।

भेलामा माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिवालय सदस्य तथा कैलाश गाउपालिका इन्चार्ज बालकुमार मल्ल, गाउपालिका कमिटिका ठाकुर सिं थिङ(गुरुङ), कमल अर्याल, नमुना चेपाङ्ग, राजन घ्याबा, चित्र चेपाङ लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*