प्रगतिशील स्वास्थ्यकर्मीमा रायमाझीको नेतृत्व

तामसालिङ खबर
४ आश्विन २०७८, सोमबार १४:१५

असोज, हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जनबर्गीय सङ्गठ्न अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको मकवानपुर जिल्ला भेला आइतबार सम्पन्न भएको छ।

जयराम रायमाझीको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) मकवानपुरका संयोजक प्रेम बाहादुर पुलामी प्रमुख अतिथि रहनुभएको थियोे । भेलाले जयराम रायमाझीको नेतृत्वमा ३७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा श्यामसुन्दर महत्ताे, बालकुमारी ढकाल र सरस्वती लामा रहनु भएको छ। सचिवमा अशाेक रखाल र सहसचिवमा लव थापा सहित अन्य सदस्यहरु चयन हुनुभएको जानकारी दिइएको छ।

कार्यक्रममा सुर्य तिवारी, कानुनलाल चौधरी, अशोक गौतम, अरुण खरेल, रोशन परियार, प्रमिला लामा, लक्ष्मी पाख्रीन लगायतका नेताहरुको आतिथ्यता रहेको थियोे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*