नेकपा माओवादी केन्द्र गढी २ को अध्यक्षमा न्यौपानेको नेतृत्व

ताम्सालिङ खबर
४ आश्विन २०७८, सोमबार ०७:१०

असोज, हेटौंडा (मकवानपुर गढी) – नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । भेलाले धर्मराज न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कार्य समिति चयन गरेको ।

समितिको सचिवमा जित बहादुर लो, सदस्यहरुमा राम बहादुर लुङ्वा, केशव प्रसाद गौतम, सीता थापा मगर, धन बहादुर बिक लगायत रहेका छन् । भेलाले श्याम कुमार थापाको अध्यक्षतामा ४५ सदस्यीय वाइसीएल वडा कमिटि र रम्बादेवी राना मगरको संयोजकत्वमा महिला समिति र अर्जुन चौरेलको संयोजकत्वमा किसान संगठन गठन गरेको छ ।

भेला तथा प्रशिक्षण कार्यक्रम नकेपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा नेकपा माओवादी केन्द्र मकवानपुरका नेता आशा नेपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर सदस्य सन्देश तुम्सिङ्ग मगर लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*