एकीकृत समाजवादीको अखिलद्वारा हेटौंडामा दीप प्रज्वलन

ताम्सालिङ खबर
४ आश्विन २०७८, सोमबार ०६:०१

असोज, हेटौडा – नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्वियूले संविधान दिवसका अवसरमा आइतबार दीप प्रज्वलन गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितलमहलचोकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा पार्टी उपाध्यक्ष मीनाकुमारी लामा, अनेरास्ववियूका केन्द्रिय स्थायी कमिटीका सदस्य सुलभ अधिकारी, केन्द्रिय सदस्य गिरिजा अधिकारी, युवासंघ मकवानपुरका अध्यक्ष किरणमान बल लगायत युवा तथा विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

अनेरास्ववियू मकवानपुरका अध्यक्ष एवं केन्द्रिय कमिटिका सचिवालय सदस्य अरुण बर्तौलाले अध्यक्षता गर्दै कार्यक्रममा संविधान सिद्याउन लागिपर्नेका विरुद्द विद्यार्थी आन्दोलनमा होमिने बताए । संविधानको प्रतिरक्षाका लागि आफूहरु तयार रहेको बताउँदै विद्यार्थी नेता बर्तौलाले संविधान मास्नेलाई तह लगाउन आवश्यक परे आन्दोलनमा होमिने चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*