बागमती गाउँपालिकामा एकीकृत समाजवादीको कमिटी गठन, अध्यक्षमा तिमल्सिना चयन

तामसालिङ खबर
२ आश्विन २०७८, शनिबार २०:४६

असोज, हेटौडा (बागमती) – मकवानपुरमा एकीकृत समाजवादी पार्टीको पालिका स्तरमा कमिटी निर्माण सुरु भएको छ । शनिबार मकवानपुरको बागमती गाउँपालिकामा भएको भेलाले पालिकास्तरिय कमिटी निर्माण गरिएको हो ।

धनपति तिमल्सिनाको अध्यक्षतामा २५ सदस्यीय पार्टीको पालिका कमिटिीमा उपाध्यक्ष चर्तुमान रखाल, सचिव हेमकुमार ग्यालन, सहसचिव प्रयागराज खनाल (नवराज) लगायत रहेका छन् ।

भेलाका प्रमुख अतिथी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले केपी ओली नेतृत्वको एमालेले समाजवादको एजेन्डा छाडेकाले सो पार्टीबाट विद्रोह गर्नुपरेको बताए ।

केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन ध्वस्त हुन लागेको बताउँदै कम्युनिष्ट एकता जोगाउन नसक्नेबाट मुलुक नबन्ने बताए । ‘एमाले दक्षिणपन्थी विसर्जनवादमा रुपान्तरणको खतरा देखेर हामी नयाँ पार्टी निर्माणको अभियानमा लागिपरेका छौं । ’ अध्यक्ष पोख्रेलले भने ।

बागमतीबाट सुरु भएको पार्टीको संरचना निर्माण कार्यलाई मकवानपुरको दश वटै पालिका र १०२ वटै वडामा पु¥याइने पनि पोख्रेलले जानकारी दिए ।

भेलामा पार्टी सचिव विष्णु दाहाल, जिल्ला कमिटि सदस्यहरु नारायण तिमल्सिना, माधव तिमल्सिना, भक्तबहादुर आले, राजप्रकाश भन्डारी, भरत लामिछाने, विष्णुकुमारी तिमल्सिनाको आतिथ्यता रहेको थियो । पार्टीका नेता खडगबहादुर पुलामीको अध्यक्षतामा पालिका स्तरिय भेला भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*