सुदूरपश्चिममा थपिए, मन्त्री र राज्यमन्त्री

तामसालिङ खबर
२ आश्विन २०७८, शनिबार १६:३७

असोज, सुर्खेत – सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् ।

थपिएका दुवै मन्त्रीले शनिबार प्रदेश प्रमुख समक्ष शपथ लिएको छ । एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्री विहीन रहेको थियो ।

नवनियुक्त आर्थिक मामिला योजना मन्त्री तारा लामा तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव समूहमा लागेका तारा लामा तामाङले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए ।

बझाङकी माया तामाङ भने संसद् विघटनमा ओली खेमामै थिइन् । एमाले विभाजनपछि उनले एकीकृत समाजवादीलाई रोजेकी हुन् । प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*