वाईबाको नेतृत्वमा माओवादी केन्द्र मनहरी ५ को दर्दरा रुन्चेडाँडा टोल कमिटी गठन

ताम्सालिङ खबर
२ आश्विन २०७८, शनिबार १९:४८

असोज, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी गाउपालिका वडा नम्बर ५ को वडा कमिटीले टोल कमिटी बिस्तार गर्ने क्रममा आज दर्दरा रुन्चेडाँडा टोल कमिटी गठन गरिएको छ ।

रुन्चेडाँडामा भएको टोल कमिटी भेलाबाट सन्तबहादुर वाइबाको अध्यक्षतामा २१ सदस्यीय दर्दरा रुन्चेडाँडा टोल कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा राजन वाईबा, सचिवमा फुर्साङ लामा, र कोषाध्यक्षमा बिन्दु वाईबा चयन भएका छन्।

त्यस्तै, सदस्यहरुमा हिरालाल मुक्तान, सुमन वाईबा, साने मिजार, शेरबहादुर गोङ्बा, राजु पाख्रिन, टुल्कु लामा लो, कान्छाराम थोकर, कुलबहादुर भुजेल, जेठा भुजेल, मानबहादुर वाईबा, दिपक लामा, बलराम लो, कामि सिं स्याङ्तान, साइलीमाया स्याङ्तान, सितामाया लो, पुजा मुक्तान र सम्झना वाईबा चयन भएका छन्।

माओवादी केन्द्र मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यता तथा पार्टीको ५ नम्बर वडा कमिटिको अध्यक्ष कृष्ण प्रसाद रिजालको सभाध्यक्षतामा भएको टोल कमिटि भेलामा ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, वडा सदस्य सुब्बा सिलवाल, गोबिन्द सापकोटा लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*