शेयर बजार दैनिक ओरालो लाग्दै

तामसालिङ खबर
१ आश्विन २०७८, शुक्रबार ०७:१८

असोज, काठमाण्डौ – शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक ९नेप्से० २.६५ प्रतिशतले ओरालो लाग्यो । बिहीबार २८८९।२१ विन्दूबाट सुरु भएको बजार ७६।६५ अंकले घटेर २८१२।३५ विन्दूमा रोकियो ।

दिनभर २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार शेयर किनबेच हुँदा ९ अर्बको ३ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटेका छन् । शेयर बजार पछिल्ला केही दिन यता राताम्मे देखिना थालेको छ ।

२० अर्बभन्दा माथि कारोबार हुने शेयर बजार केही दिनयता ४र५ अर्बमा खुम्चिएको छ । बजार घटबढ हुनु नै शेयर बजारको सुन्दर पक्ष हो । राजनीनिक उत्तरचढाव, समय–समयमा ल्याइने नीति, प्राकृतिक प्रकोप लगायत कारणले शेयर बजार घटबढ भइरहन्छ । समय–समयमा निमायक निकायहरुले लिने नीतिले गर्दा पछिल्ला समय बजार धेरै उत्तरचढाव भएको लगानीकर्ता बताउँछन् ।

यसअघि नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको थियो । व्यापाक आलोचना भयो बोर्ड नै विवादमा तानियो । उता लगानीकर्ता आत्तिए । त्यसको महिना दिन नबित्दै मौद्रिक नीतिमा १२ करोडको ‘क्याप’ लगाइयो । एक जनाले १२ करोडसम्म मात्र ऋण लिन पाउने भनेर ल्याएको नीतिविरुद्ध लगानीकर्ता आन्दोलित छन् ।

शेयर बजारमा उच्च अंकको गिरावट आएपछि लगानीकर्ता तथा पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा समेत मागेको छ । समितिका आदित्य शिवाकोटी अनशनमा बसेका छन् । पूँजी बजारमा प्रभाव पार्ने गतिविधि गरेको भन्दै राजीनामालाई मुख्य विषय बनाई उनीहरले विभिन्न माग राखे ।

समितिले नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीति मार्फत ल्याएको शेयर कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीले दिने लाभांशमा लगाइएको ‘क्याप’ हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायत माग राखेको छ । १२ करोडको ऋण लिने प्रावधानलाइ रिभ्यू गर्न अर्थमन्त्रालय र गभर्नरसँग कुराकानी भइरहेको पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउछिन् ।

‘एउटा कुराले लगानीकर्ता केही सम्हालिएका हुन्छन् फेरि अर्को नीति आइदिन्छ’ पोखरेल भन्छिन्, ‘यसले गर्दा पछिल्लो समय बजारमा उत्तरचढाव भइरहेको छ ।’ रिभ्यू नभएसम्म लगानीकर्ताको सेन्टिमेन्टमा बजार के होला भन्ने अवस्था रहेको छ । ‘यो रिभ्यू भयो भने बजार ठिकै होला, रिभ्यू नगर्ने र लगानीकर्तालाई पेलेरै जाने अप्ठ्यारोमै पार्ने ब्याजदर पनि बढाउने जस्ता नीति ल्याइरहे बजारलाई ठूलै असर गर्छ’, उनले भनिन् ।

अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितो पत्र बोर्डले लगानीकर्ताको मागलाई सम्बोधन गरेमा बजार सम्हालिने उनको भनाइ छ । त्यसो त राष्ट्र बैंकको नीति मात्रै होइन, निषेधाज्ञा हटेसँगै अन्य लगानीका क्षेत्र खुला हुँदा शेयर बजार घटेको बुझ्न सकिन्छ । हिजो बजार बढ्नुमा कोरोना महामारी र निषेधाज्ञा प्रमुख कारण थियो ।

निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहे पनि शेयर बजार चालू रह्यो । अनलाइन कारोबार प्रणालीका कारण लगानीकर्ताले घरबाटै कारोबार गरे ।लगानी गर्ने ठाउँ नहुँदा अधिकांशले शेयर बजारमा हात हाले । यही बीचमा नयाँ लगानीकर्ता ह्वात्तै भित्रिए । निषेधाज्ञासँगै लगानीका क्षेत्र खुम्चिँदा बैंकको ब्याजदर घट्यो ।

अन्य क्षेत्रमा कर्जाको माग घट्न थालेपछि बैंकहरूले पनि शेयर धितोमा लगानी बढाए । यसको परिणाम निषेधाज्ञाकै समयमा शेयर बजारको कारोबारमा ऐतिहासिक रेकर्ड बनायो । उच्च कारोबार भएपछि बैंकहरुमा कर्जाको माग बढ्यो । लगानी योग्य पूँजीको अभाव देखिएपछि यता बैंकहरुले बिहीवार ब्याजदर बढाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*