चीनबाट थप कोरोनाविरुद्धको खोप आज नेपाल ल्याइदै

तामसालिङ खबर
१ आश्विन २०७८, शुक्रबार ११:१५

असोज, काठमाण्डौ – सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ । उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान बिहिबार राति ११ बजे उडेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप आज शुक्रबार दिउसो २ बजे नेपाल आइपुग्नेछ । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*