नेकपा एसको केन्द्रीय कार्यालय उद्घाटन

तामसालिङ खबर
१ आश्विन २०७८, शुक्रबार ०९:०८

असोज, काठमाण्डौ – नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच काठमाडौँ स्थित नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । नेपालले रिबन काट्दै नयाँ भवनमा प्रवेश गरेका   थिए ।

पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*