माओवादी केन्द्र मनहरी ५ को फारलाइन राईटोल कमिटीको अध्यक्षमा दिपक राई चयन

ताम्सालिङ खबर
३१ भाद्र २०७८, बिहीबार १८:५६

भदौं, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्रको मनहरी गाउपालिका वडा नम्बर ५ मा टोल कमिटि गठन गर्ने क्रममा आज बसन्तपुरको फारलाइन ,राई टोलमा टोल कमिटी गठन गरिएको छ ।

टोल कमिटी भेलाले दिपक राईको अध्यक्षतामा २१ सदस्यीय फारलाइन,राई टोल टोल कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा कृष्ण प्रसाद लामिछाने, सचिबमा निर्मल थापा, कोषाध्यक्षमा उषा भट्टराई लगायतका चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा चन्द्रमाया वाइबा, लालबहादुर राई, बिष्णु बहादुर नेपाली, लालकुमार लुईटेल, राजु राई, शुक्र राई, नयामाया नेपाली, सुजन राई, सरिता खडका, रमेश गिरि, समिर लामा, चन्द्र बहादुर राई, रामहरी पिठाकोटे, श्यामबहादुर राई, डल्ले राई, नमराज राई र प्रेम राई लगायत चयन भएको हो ।

माओबादी केन्द्र मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यता तथा पार्टीको ५ नम्बर वडा कमिटिको अध्यक्ष कृष्ण प्रसाद रिजालको सभाध्यक्षतामा भएको टोल कमिटि भेलामा केन्द्रका ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, गजाधर सुबेदी, सुब्बा सिलवाल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*