नेपालमा १४८६ संक्रमित थपिए, १२६० डिस्चार्ज

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार १७:२५

भदौं, काठमाडौं – पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ४९ नुमना परिक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर विधिबाट र ४ हजार ७ जनाको एन्टिजेन बिधिबाट नमुना परिक्षण गरिएको थियो ।

त्यसमध्ये परीक्षणमा ११ सय ४९ को पिसिआर र ३३७ एन्टिजेन गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ सय ६० रहेको छ ।

कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्याङमा उल्लेख गरेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।

जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेशनमा र १६७२ जना संस्थागत आइसोलेशनमा छन् । यस्तै अहिले सम्म नेपालमा कोरोना संक्रमणको कारण १० हजार ९ सय ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*