एकिकृत समाजवादीको असोज ५ गते केन्द्रीय कमिटि बैठक

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार १९:५६

भदौ, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक असोज ५ गते ११ बजेका लागि बोलाईएको हो ।

नयाँ पार्टी गठन भएपछि बस्न लागिएको केन्द्रीय कमिटि बैठकले देशभरको सांगठनिक अवस्था र आगामी दिनका रणनीतिबारे छलफल गर्नेछ ।

पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी र जनवर्गीय संगठन लगायतका विषयमा बैठकमा छलफल हुने जनाईएको छ । एकिकृत समाजवादीले भदौ ९ गते नयाँ दलको मान्यता पाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*