मकवानपुरमा कांग्रेसको १०२ वडाबाट १८३४ क्षेत्रीय प्रतिनिधि निर्वाचित

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार १८:५३

भदौ, हेटौंडा – नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ ।

आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति बिष्णु लामिछाने, प्रवक्ता प्रदिप कोइराला र अन्य पदाधिकारीसमक्ष उक्त नामावली उपलब्ध गराएको हो । नामावली बुझ्दै उपसभापति लामिछानेले निर्वाचित सबैलाई बधाई दिँदै वडा तहको अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।

कांग्रेस मकवानपुरको १०२ वटा वडाबाट कूल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जसमध्ये १०२ वडाका सभापति स्वत क्षेत्रीय प्रतिनिधि हुने प्रावधान रहेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४२० जना र थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् ।

यस्तै मकवानपुरगढी १३७, राक्सिराङ, १५४, कैलाश, १७९, इन्द्रसरोवर ७८, भीमफेदी १५७, बकैया १९४, बागमती १५४ र मनहरी १६३ जना रहेका छन् । कूल नामावलीमा मकवानपुर सभापति, संघीय सभापतिसहित करिब ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*