परशुराम तामाङको ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ सम्बन्धीको पुस्तक विमोचन

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार २१:४१

भदौं, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता तथा लेखक परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन गरिएको   छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत सामाजवादी) का अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन गरिएको हो ।

आईतबार कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक समारोहका बिच विमोचन गरिएको उक्त पुस्तकमाथि बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, माओवादी केन्द्रका नेता राम कार्की र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बन्धु चन्दले टिप्पणी गर्नुभएको थियो ।

जागरण बुक हाउसले प्रकाशन गरेको उक्त पुस्तक नेपाली कम्युनिष्ट आन्दोलनप्रति रुची राख्नेहरुका लागि महत्वपूर्ण हुने बक्ताहरुले बताउनुभएको छ । नेपाल आदिबासी जनजाती महासंघका पुर्व अध्यक्ष समेत रहनुभएका नेता तामाङले तामाङ समुदायको संस्कार, संस्कृति, राजनिती लगायत थुप्रै पुस्तकहरु लेखिसक्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*