माओवादी केन्द्र मनहरीको फारलाइन नयाँगाउ टोल कमिटिमा लामाको नेतृत्व

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार २०:५५

भदौं, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको टोल कमिटि गठन प्रक्रिया तिब्र भएको छ । गाउपालिकाको वडा नम्बर ५ डिल्लिपुर अबस्थित फारलाइन नयाँगाउमा माओवादी केन्द्रको टोल कमिटि गठन गरिएको छ ।

टोल कमिटि भेलाले प्रेम बहादुर लामाको अध्यक्षतामा २१ सदस्यीय फारलाइन नयाँगाउ टोल कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा लिलाधर सुबेदी, सचिबमा बिर बहादुर रुम्बा, कोषाध्यक्षमा सावित्री न्यौपाने चयन भएका छन्।

त्यस्तै, सदस्यहरुमा मोहन बहादुर गोले, तुल बहादुर दर्लामी, मिन बहादुर पुलामी, सुनिल राना मगर, हेमलाल मुक्तान, उत्तम अर्याल, कुमार न्यौपाने, सिता बम्जन, बिष्णु माया प्रजा, राम बहादुर लामा, दिलमाया गोले, सिता न्यौपाने, राम प्रसाद रिजाल, गीता दर्लामी, सरला थापा, कमल गोले र तुलसा कालाखेती (भगवती) लगायत चयन भएको हो ।

माओबादी केन्द्र मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यता तथा पार्टीको ५ नम्बर वडा कमिटिको अध्यक्ष कृष्ण प्रसाद रिजालको सभाध्यक्षतामा भएको टोल कमिटि भेलामा केन्द्रका ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, गजाधर सुबेदी, लिला बहादुर रुम्बा, लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*