एमाले मकवानपुरको अध्यक्षमा लम्साल, सचिवमा फर्किए श्रेष्ठ

तामसालिङ खबर
२७ भाद्र २०७८, आईतवार ०६:२४

भदौ, हेटौडा – नेकपा एमाले मकवानपुरले शनिबार ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटिको अध्यक्षमा बद्री लम्साल चयन भएका छन् ।

हेटौंडामा शनिबार भएको जिल्ला बैठकले पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काएको सन्देश दिन लम्साललाई अध्यक्ष चयन गरिएको हो । तत्कालीन एमालेमा मुनु सिग्देल अध्यक्ष थिए भने लम्साल उपाध्यक्ष थिए ।

सिग्देल हाल नेकपा एस मा सनाखत गरिसकेकाले लम्साललाई अध्यक्ष बनाइएको हो । पार्टीमा विवाद भएका बेला अध्यक्ष घोषणा गरिएका तत्कालीन सचिव एककाल श्रेष्ठ पुन सचिवकै जिम्मेवारी मा फर्किएका छन् ।

सचिव बनाइएका लाल बहादुर थापा सहसचिव बनेका छन् । कमिटीको उपाध्यक्षमा गोपाल श्रेष्ठ तोकिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*