नेकपा एसको चितवन जिल्ला कमिटी गठन, अध्यक्षमा कृष्णराज पन्त

तामसालिङ खबर
२६ भाद्र २०७८, शनिबार ०९:२७

भदौं, चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरेको छ । शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २ सय २५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ ।

चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली), सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् ।

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १ सय ६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा शोभा पण्डित रहेका छन् ।

नेपाल कम्यनिष्ट पार्टी (एकिकृत समाजबादी) का केन्द्रीय सदस्य, प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र पाण्डेले निर्वाचन चुनाब चिन्हले जित्ने नभई जनताको मनले जित्न सकिने बताए ।

प्रदेश सांसद पाण्डेले केपी ओलीले जनआन्दोलनको मर्म विपरित काम गरेको आरोप लगाए । ओलीले जनताको तागतबाट ल्याएको संविधानको रक्षा गर्न नसकेको   बताए । ओली नेतृत्वको सरकारले ल्याएको वजेट जनहित विपरित रहेको भन्दै उनले यसलाई संसोधन गरी जनपक्षिय बनाउन पर्ने उनको धारणा थियो ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी इन्चार्ज केदार न्यौपानेले नवगठित जिल्ला कमिटी र महानगर कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल, प्रदेश सांसद पार्वती सिलवाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामा लगायतले मन्तव्य दिए । सचिव लामिछानेले सञ्चालन गरेको कार्यक्रममा प्रदेश कमिटी सदस्य राजेन्द्र हमालले स्वागत मन्तब्य दिएका थिए । – न्युज प्रवाहबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*