जनआधारित पार्टी निर्माण अभियानमा छौं – पथिक

ताम्सालिङ खबर
२६ भाद्र २०७८, शनिबार ०९:१८

भदौं, हेटौंडा – नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटि बैठक शुक्रबार हेटौंडाम सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज सुर्य सुवेदी पथिकले जनआधारित पार्टी निर्माण अभियानमा जुटेको बताए ।

शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख संबैधानिक ब्यवस्थालाई स्थापित गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाई छ । यथास्थितीमा एमसीसी स्वीकार नगर्ने पार्टीको नीति रहेको सहइन्चार्ज सुवेदीले जानकारी दिए ।

पार्टीका बागमती प्रदेश अध्यक्ष नारायण दाहालले पार्टीको स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रको सम्मेलन गरेर चुस्त पार्टी निर्माण गर्ने बताए । ‘हामी पार्टीलाई सुदृढ बनाउँदै समाजवादमा पुग्ने लक्ष्य रहेको छ’, उनले भने ।

नेकपा एमालेसँगको एकता गलन नभएको बताउँदै दाहाले एमालेभित्र रहेको घोर दक्षिणपन्थी बिचारक नेताहरु हाबी भएकाले एकता असफल भएको दाबी गरे । उनले पार्टी एकता भत्किनुको प्रमुख कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।

बैठकले पार्टीको सेल हुँदै वडा, गाउँ सम्मेलन, जबस मोर्चाहरुको भेला बैठकलाई निरन्तरता दिने र पार्टी सदस्यता नविकरण अभियानलाई निर्णय गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले बताए ।

पार्टी जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर पुलामीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तान, प्रदेश कमिटि सचिवालय सदस्य विष्णु विष्ट, प्रदेश कमिटि सदस्य ओम ग्लान, सर्केश घलान, ललित घलान, बिर बहादुर घलान लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*