जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

पत्रपत्रिकाबाट
२६ भाद्र २०७८, शनिबार ०७:१३

भदौं, काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् ।

अध्यक्ष यादव निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुई जनाको मात्रै नाम दिने सोच उनले बताएका छन् ।

दोस्रो चरणमा चार जनाको नाम दिने भएका छन् । देउवाले एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने भए भने एकै पटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो ।

पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो । स्रोतका अनुसार यादवले पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*