मकवानपुरका ३९ जना जनप्रतिनिधी एकीकृत समाजवादीमा सनाखत

तामसालिङ खबर
२३ भाद्र २०७८, बुधबार ०८:५०

भदौं, हेटौडा – मकवानपुरका १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधीले एमाले छोडी एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सनाखत गर्नका लागि भदौ २२ गते मंगलबार अन्तिम दिनसम्मको समयावधिमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख, पालिकाका प्रमुख, वडाध्यक्ष, सदस्य लगायत गरी ३९ जना जनप्रतिनिधी एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

सनाखतको अन्तिम दिन मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेर ४ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । यो संगै एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या ३९ जना पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका :
हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा १ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य सन्तबहादुर तितुङ, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा १ का सदस्य इश्वरी विश्वकर्मा (रसाइली), हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ की सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केशी रहेका छन् ।

थाहानगरपालिका :
थाहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, थाहा ५ कै वडा सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर ११ की सदस्य मैया विश्वकर्मा र थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य सुनिल लामाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

कैलाश गाउँपालिका :
कैलाश गाउँपालिकाबाट एकीकृत समाजवादीमा सनाखत गर्नेमा पालिका अध्यक्ष टंकबहादुर मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, वडा नम्बर ८ कै सदस्य अनिता बल, कैलाश गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बेलबहादुर तितुङ र कैलाश ९ का वडा सदस्य लालीमाया भुलुन रहेका छन् ।

मनहरी गाउँपालिका :
मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी ९ का वडा सदस्य गंगा सुनार, मनहरी ३ की वडा सदस्य उमाकुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर ५ का इन्द्रकुमारी सार्की, मनहरी गाउँपालिका वडा नम्बर ८ का सदस्य अम्बिका दमाईले एमाले छाडी एकीकृत समाजवादी रोजेको छन् ।

इन्द्रसरोबर गाउँपालिका:
इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन, इन्द्रसरोबर ५ का वडा सदस्य कृष्ण जीत लामा,इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बा रहेका छन् ।

बकैया गाउँपालिका :
बकैया गाउँपालिकाका ४ जना जनप्रतिनिधीले एकीकृत समाजवादी रोजेका छन् । एमालेबाट निर्वाचित भएकाहरु वडा नम्बर १ का वडा सदस्य लालीमाया विक, बकैया २ का वडा सदस्य, कार्यापालिका सदस्य विष्णु भुजेल, बकैया २ का वडा सदस्य सम्झना परियार र बकैया २ का वडा सदस्य जीतबहादुर जिम्बाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

बागमती गाउँपालिका :
बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिनाले एमाले छाडी एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

भीमफेदी गाउँपालिका :
भीभमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कर्णबहादुर पाख्रीनले समाजवादी रोजेका छन् ।

मकवानपुरगढी र राक्सिराङका सबै जनप्रतिनिधी एमालेमै
मकवानपुरको मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका एमालेबाट निर्वाचित सबै जनप्रतिनिधी एमालेमै रहेका छन् । विभाजनपछि बनेको एकीकृत समाजवादीमा उनीहरुले सनाखत गरेनन् । (लोक खबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*