संशोधन नभई एमसीसी अनुमोदन हुँदैन – अध्यक्ष प्रचण्ड

तामसालिङ खबर
२३ भाद्र २०७८, बुधबार ०८:४१

भदौं, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई अनुमोदन नहुने बताएका छन् ।

पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय समिति बैठकमा सहभागीहरुले एमसीसीको विषयमा दाहालको धारणा मागेका थिए । त्यसपछि छोटो सम्बोधन गरेका दाहालले एमसीसी सम्झौता संशोधन भएमात्रै अनुमोदन हुने बताएका ​हुन् ।

‘सरकारले एमसीसीलाई कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफ आएको छैन । संशोधन नभएसम्म पास हुँदैन,’ दाहालको भनाई उदृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*