मिस शिङ्सा भोटिया २०२२ हुने

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ११:३५

भदौं, काठमाडौँ – अति सिमान्तकृत जाती, शिङ्सा-भोटिया महिला सशक्तीकरणको लागि बज्रकिल्या प्रोडक्सन्सले मिस शिङ्सा-भोटिया २०२२ आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत लगायत विश्व भरी छरिएर बसेका शिङ्सा-भोटिया, नावा र ल्होमी महिलाहरुले भाग लिन पाउने छन । यस प्रतियोगितामा सहभागी बन्न न्युनतम एस ईई वा सो सरहको शिक्षा हासिल गरिसकेको हुनुपर्नेछ ।

डिजिटल अडिसन शुरु भई सकेको यस प्रतियोगिताको ग्रान्ड फिनाले भने डिसेम्बर १८ मा हुनेछ । विजेतालाई आकर्षक पुरस्कार दिने बताएका आयोजकले प्रतियोगिताको ग्रान्ड फिनालेको दिन यस समुदायलाई विशेष सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गर्ने जनाएको छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुनेछ भने कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बज्रकिल्या प्रोडक्सन्सका संस्थापक अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*