राक्सिराङको ठाडेचुरेमा माओबादी केन्द्रको टोल कमिटी गठन

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ०६:४५

भदौं, हेटौडा (राक्सिराङ) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राक्सिराङ गाउँपालिका वडा नं. ५ को ठाडेचुरेमा शनिबार टोल कमिटी गठन गरिएको छ ।

सुजन प्रजाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको नेकपा माओबादी केन्द्र राक्सिराङका अध्यक्ष हस्त बहादु् मुक्तानले जनाकारी दिए । पार्टीलाई व्यवस्थित ढङ्गले परिचालन गरेर उक्त क्षेत्रको समग्र सामाजिक गतिविधिमा सकृय सहभागिता जनाइने कमिटीले प्रतिबद्धता जनाएको छ ।

जिल्ला सचिवालय सदस्य तथा राक्सिराङ गाँउ कमिटीका इन्चार्ज बनस्तम थिङ, पार्टी गाउ अध्यक्ष हस्त बहादुर मुक्तान सहभागी कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष चन्द्रसिङ प्रजा, पार्टी वडा कमिटीका ईन्चार्ज सुरेश घलान, वडा कमिटीका अध्यक्ष हस्त बहादुर प्रजा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*