मकवानपुरमा माओवादी केन्द्रको पूर्व पिएलए संगठित

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ०९:४२

भदौं, हेटौंडा – नेकपा माओवादी केन्द्र सम्बद्ध पूर्व जनमुक्ति सेना पिएलए संघ नेपाल तथा जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संगठनको संयुक्त भेला आइतबार हेटौंडामा भएको छ ।

भेलाले पूर्व पिएलए संघको संयोजकमा धनप्रकाश मगर र बच्छु खड्का गोलेलाई सह-संयोजकमा चयन गरेको छ । त्यस्तै सुर्यकला तिमल्सिनालाई जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग संघ नेपाल मकवानपुरका संयोजक र विज्ञान स्याङ्तानलाई सह-संयोजकमा चयन गरेको छ ।

पुर्व पिएलए वटालियन कमान्डर सन्तबीर लोको सभाध्यक्षमा भएको भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ओम घलान (प्रदिप)को प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य सर्केस घलान, वाइसीएल केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन, जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग संघ नेपाल केन्द्रीय कृष्ण सुवेदी, जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी माझी,बद्रि स्याङ्तान, वाइसीएल जिल्ला अध्यक्ष राज कुमार मोक्तान लगायतका आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*