पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण

तामसालिङ खबर
२० भाद्र २०७८, आईतवार १७:३०

भदौं, काठमाडौं – पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् । आइतबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ ।

यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् ।

जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जनामा कोरोना संक्रमण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*