यी हुन् कैलाशमा सर्वसम्मत निर्वाचित वडा सभापतिहरु

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ०९:२६

भदौं, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउपालिकामा नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएको छ ।
कैलाशमा ९ वटै वडामा सर्वसम्मत रुपमा आइतबार सभापति चयन गरिएको हो ।

कैलाश वडा नम्बर १ मा शिवराज मुक्तान, २ नम्बर वडामा डिक बहादुर घिसिङ, ३ नम्बर वडामा एलोन प्रजा, ४ नम्बर वडामा प्रविण चेपाङ, ५ नम्बर वडा सभापतीमा रामलाल लो, ६ नम्बर वडा सभापतीमा कृष्ण ब.मुक्तान, ७ नम्बर वडा सभापतीमा शंकर मोक्तान, ८ नम्बर वडा सभापतीमा सुनिल मोक्तान, ९ नम्बर वडा सभापतीमा भुवन घलान र १० नम्बर वडा सभापतिमा सुर्य ब.गोले लगायत सर्बसम्मत चयन भएका छन्।

जिल्लाका १० वटै स्थानीय तहका सबै वडाहरुमा अधिवेशन भएको हो । जिल्लाका अधिकांश वडामा सर्बसम्मत वडा सभापति चयन भएका छन भने केहि वडामा निर्वाचन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*