कांग्रेस महाधिवेशन : राक्सिराङमा निर्वाचित यी हुन् वडा सभापतिहरु

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ०७:०५

भदौं, हेटौडा (राक्सिराङ) – मकवानपुर जिल्लामा आइतवार नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीय तहका सबै वडाहरुमा अधिवेशन भएको हो ।

जिल्लाका अधिकांश वडामा सर्बसम्मत वडा सभापति चयन भएका छन भने केहि वडामा निर्वाचन भएको छ । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा ९ वटै वडामा सर्वसम्मत सभापति चयन गरिएको छ ।

राक्सिराङको वडा नम्बर १ मा प्रताप चेपाङ, वडा नम्बर २ मा सुब बहादुर घलान, वडा नम्बर ३ मा प्रकाश ठकुरि, वडा नम्बर ४ मा बिकास ब्लोन, वडा नम्बर ५ मा सुशील ब्लोन, वडा नम्बर ६ मा राज कुमार चेपाङ, वडा नम्बर ७ मा राम बहादुर चेपाङ, वडा नम्बर ८ मा नोकमान पख्रिन र वडा नम्बर ९ मा शिब कुमार मल्ल लगायत वडा सभापतिमा सर्वसम्मत चयन गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*