अखिल क्रान्तिकारीद्धारा एसईईमा उत्कृष्ट हुने विद्यार्थिलाई सम्मान गरिने

तामसालिङ खबर
२० भाद्र २०७८, आईतवार ०९:००

भदौं, हेटौडा (थाहानगर) – अखिल नेपाल स्वतन्त्र विद्यार्थि युनियन (अनेरास्ववियु) क्रान्तिकारी थाहानगर कमिटिले शैक्षिक सत्र २०७७ को एसईईमा ए प्लस ल्याएका सामुदायिक थाहानगरको विद्यालयका विद्यार्थिहरुलाई सम्मान गर्ने भएको छ ।

विद्यार्थिहरुको शैक्षिक उत्साह थप गराउने उद्धेश्यले सम्मान गर्न लागेको (अनेरास्ववियु) क्रान्तिकारी थाहानगर कमिटिका अध्यक्ष सुसान्त सिन्तानले बताए । जिल्ला कमिटिको निर्णय अनुसार सम्मान कार्यक्रमको मिति भने केहि दिनमै तय गरिने कमिटिले जनाएको छ ।

कमिटिको पहिलो बैठक शनिबार पालुङ बहुमुखि क्याम्पसको सभाहलमा बस्दै विविध विषयमा छलफल समेत गरिएको छ । अध्यक्ष सिन्तानको सभाध्यक्षतामा भएको बैठकमा पालुङ बहुमुखि क्याम्पसका स्ववियु सभापति तथा संगठनका जिल्ला सह–सचिव मुकेश गोलेको प्रमूख आतिथ्यता रहेको थियो ।

बैठकमा संगठनका जिल्ला कमिटि सदस्य सुवाष थोकर, भुपेन्द्र गोपाली, ममता गोपाली, संगठनका पुष्कल श्रेष्ठ, थाहा नगरपालिका वडा नं. ३ वाईसियल कमिटिका सचिव रवि जिम्बाको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*